युवती प्रयोग गरी चोर पक्राउ

काठमाण्डु टुडे २०७० फागुन २५ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, २५ फागुन– प्रहरीले युवतीको प्रयोग गरी काठमाण्डुको थानकोटबाट झण्डै आधा दर्जन चोर पक्राउ गरेको छ ।
स्थानीयले पटकपटक सामान चोरी हुने गरेको गुनासो गरेपछि प्रहरीले युवतीलाई टेलिफोन गर्न लगाएर चोर समातेको हो । महानगरीय प्रहरी वृत्त थानकोटले आइतबार साँझ फिल्म हेर्न जाने बहानामा युवतीलाई फोन गर्न लगाएर चोर पक्रेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका सोम लामा पाख्रिन, राजेन्द्र रुम्बा, अशोक लामा, विष्णु मोक्तान रामसिंह थोकर र रोगम तामाङ रहेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले थानकोट क्षेत्रमा लामो समयदेखि ल्यापटप कम्प्युटर, मोबाइल र सुनका गरगहना चोरी गर्दै आएका थिए । पछिल्लो समय थानकोटका ऋषि श्रेष्ठको घरबाट ल्पापटप चोरी भएपछि प्रहरीले युवतीमार्फत चोर समातेको हो ।

उनीहरु यसअघि पनि पटकपटक चोरी आरोपमा पक्राउ परेको मगरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us