एक वर्षभित्रै संविधान: प्रचण्ड

काठमाण्डु टुडे २०७० फागुन २५ गते ९:३५ मा प्रकाशित

prachanda 2काठमाण्डु, २५ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाबाट एक वर्षभित्र नयाँ संविधान जारी हुने बताएका छन् ।

एक वर्षभित्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्ने दाबी उनको छ ।

उनले भावी संविधानका अधिकांश विषयमा सहमति जुटिसकेकाले संविधान जारी गर्न एक वर्षको समय काफी रहेको बताए । ‘धेरै विषय मिलिसकेको छ’, प्रचण्डले भने, ‘कुनै पनि हालतमा एक वर्षभित्र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्छ ।’

उनले नयाँ बन्ने संविधानले विभिन्न आन्दोलनका क्रममा उठेका एजेण्डाहरुको सम्बोधन गर्ने र मुलुकमा शान्ति र स्थायित्वको ग्यारेण्टी गर्ने दाबी गरे ।

अर्को एक फरक प्रसंगमा उनले संविधान मस्यौदा समितिमा जारी विवाद तत्काल अन्त्य हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us