समाचार

साँझ ३ घण्टा लोडसेडिङ गर्दिन : उर्जामन्त्री

२०७० फागुन २४ गते ७:३८

काठमाण्डु, २४ फागुन – उर्जामन्त्री राधा ज्ञवालीले साँझ ६ बजेदेखि बेलुका ९ बजेसम्म विद्युतभार कटौती नगर्ने व्यवस्था गर्न लागेको बताएकी छिन् । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा डिल्लीबजार कन्या क्याम्पसद्वारा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएकी हुन् । ‘महिला दिदीबहिनीहरुले घरमा काम गर्ने तथा...

लोक गायक ढकालको दोहोरी साँझमा आगलागी

२०७० फागुन २४ गते ७:०५

काठमाण्डु, २४ फागुन – लोक गायक राजु ढकालको दोहोरी साँझमा बिहान आगलागी भएको छ । सुन्धारामा रहेको कुसुमे रुमाल दोहोरी साँझमा बिहान भएको आगलागीबाट लाखौंको क्षति भएको छ । गएरातिबाट लागेको आगो बिहान ५ वटा दमकलको सहायताले निभाईएको हो । आगलागीबाट करिव ५० लाख...

आफ्नै लगानीमा स्थानीयले बनाए सडक

२०७० फागुन २४ गते ६:३५

म्याग्दी, २४ फागुन – सर्वसाधारणले  आफ्नै लगानीमा गाउँमा सडक निर्माण गरेका छन् । म्याग्दीको पिप्ले गाविसको अच्छेत गाउँका सर्वसाधारणले गाविसको वडा नं ५ नागबारीदेखि वडा नं ६ अच्छेत हुँदै वडा नं ७ कलेजाबाङ जोड्ने करिब तीन किलोमिटरको सडक निर्माण गरेका हुन् । अच्छेत गाउँका...

‘५० करोड नहुँदा ५० सिट आएन’

२०७० फागुन २४ गते ३:०५

काठमाण्डु, २४ फागुन – संविधानसभामा समानुपातिक तर्फ २४ सिट ल्याएको राप्रपा नेपालले ५० करोड खर्च गर्न नसक्दा ५० सिट ल्याउन नसकेको निष्कर्ष निकालेको छ । संविधानसभा निर्वाचनको समीक्षा गर्दै तयार पारिएको प्रतिवेदनमा उम्मेदवार छनोट, एजेन्डा र संगठन बिस्तारमा पनि कमजोरी रहेको उल्लेख छ ।...

श्रमिक महिला दिवस मनाइदै

२०७० फागुन २४ गते २:४५

काठमाण्ड, २४ फागुन –आज १०४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ । महिला समानता नै सवैको प्रगती भन्ने अन्र्तराष्ट्रिय नारा र महिला नेत्तृत्वका लागि हौ जम्मा, घरदेखि संवीधानसभासम्म भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाईंदै छ । नेपालका...

प्लाष्टिकको झोलामा छोरी भेटिइन्

२०७० फागुन २४ गते २:३८

काठमाण्डु, २४ फागुन – मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति वार्ड अघिल्तिर एक हुल कुकुर पलाष्टिकको झोलमा लुछाचुडी गर्दै थिए । अस्पतालमा ओहोरदोहोर गर्नेलाई त्यतातिर कुनै मतलव थिएन् । जव कुकुरले तान्दै गरेको झोलाबाट बेवारिसे शिशु शव भुँइमा फुत्त खस्यो, अस्पतालमा दिनभर खैलाबैला मच्चियो ।...

अर्थमन्त्रीले सचिवहरुलाई भने, ‘बहानाबाजी नगर्नुस्’

२०७० फागुन २३ गते १३:२४

काठमाण्डु, २३ फागुन – पुँजीगत खर्च गर्न नसक्नेहरुले बहानाबाजी गर्न नसुहाउने अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा महतले चालु आर्थिक वर्ष ०६९/०७० को विनियोजित पुँजीगत बजेटमध्ये २० प्रतिशत मात्र खर्च भएपछि सचिवहरुलाई खर्च नहुनाको कारणमा बहानाबाजी नगर्न सुझाव...

संविधानमा महिला आरक्षणको माग

२०७० फागुन २३ गते १३:१८

काठमाण्डु, २३ फागुन – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले हरेक क्षेत्रमा महिलाको पहुँच पु¥याउन निर्वाचनप्रणालीमै संशोधन गर्न जरुरी रहेको बताएकी छिन् । एक सय पैंतिसौँ  वौद्धिक समूहद्वारा १०४ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित ‘महिला प्रतिनिधित्व न्यूनीकरणले उब्जाएका प्रश्नहरु र समाधानका उपाय’ विषयको...

प्राध्यापक–शिक्षामन्त्री भेट

२०७० फागुन २३ गते १२:३७

काडमाण्डु, २३ फागुन – त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले शिक्षामन्त्री चित्रलेखा यादवलाई प्राध्यापक सङ्घको आन्दोलनलगायत विषयमा  ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष प्रा वासुदेव घिमिरे नेतृत्वको प्राध्यापकको टोलीले मन्त्री यादवलाई जारी प्राध्यापकको आन्दोलन, विश्वविद्यालयमा रिक्त पदहरुको मनोनयनलगायतका विषयमा ध्यानाकर्षण गराएको हो । प्राध्यापकसँग विश्वविद्यालय...

वैकल्पिक ऊर्जाको विकासमा जोड

२०७० फागुन २३ गते १२:३५

काठमाण्डु, २३ फागुन – मुलुकको ऊर्जा सङ्कटको समाधानका लागि वैकल्पिक ऊर्जालाई तीव्रतर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकद्वारा संयुक्त  रुपमा शुक्रबार राजधानीमा आयोजित ‘सबैका लागि ऊर्जा’ विषयक कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।...

काँग्रेस–एमालेका नेता जिम्वेवार बन्नुपर्छ : खनाल

२०७० फागुन २३ गते ११:१६

काठमाण्डु, २० फागुन – एमाले अध्यक्ष झलनाथ खनालले एमाले र काँग्रेसका नेताहरुलाई जिम्वेवार बन्न आग्रह गरेका छन् । जनताले आफूहरुको काधमा संविधान निर्माणको जिम्मेवार सुम्पिएको भन्दै खनालले जिम्मेवार र होसियार भएर बोल्न आग्रह गरेका हुन् । महिला हिंसाविरुद्ध शुक्रबार बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै...

बामदेवलाई पम्फाको चुनौती

२०७० फागुन २३ गते १०:३९

काठमाण्डु २३ फागुन-गोरखाको फुजेल घटनाका बारेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले दिएको अभिव्यक्ति प्रति नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले चुनौती दिएकी छिन । गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन,वेपत्ता नागरिक सार्वजनिक गर्न र सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत समस्या समाधान गर्न भुसालले गौतमसँग जोडदार माग गरेकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us