लोक गायक ढकालको दोहोरी साँझमा आगलागी

काठमाण्डु टुडे २०७० फागुन २४ गते ७:०५ मा प्रकाशित

काठमाण्डु, २४ फागुन – लोक गायक राजु ढकालको दोहोरी साँझमा बिहान आगलागी भएको छ ।

सुन्धारामा रहेको कुसुमे रुमाल दोहोरी साँझमा बिहान भएको आगलागीबाट लाखौंको क्षति भएको छ । गएरातिबाट लागेको आगो बिहान ५ वटा दमकलको सहायताले निभाईएको हो ।

आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको गायक ढकालले जानकारी दिए । आगो लागेको बिहान साढे ६ बजेमात्र थाहा भएको थियो ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ । गएराति १२ बजेमात्र सो दोहोरी साँझ बन्द भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us