संविधानमा महिला आरक्षणको माग

काठमाण्डु टुडे २०७० फागुन २३ गते १३:१८ मा प्रकाशित

Onsari Ghartiकाठमाण्डु, २३ फागुन – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले हरेक क्षेत्रमा महिलाको पहुँच पु¥याउन निर्वाचनप्रणालीमै संशोधन गर्न जरुरी रहेको बताएकी छिन् ।

एक सय पैंतिसौँ  वौद्धिक समूहद्वारा १०४ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित ‘महिला प्रतिनिधित्व न्यूनीकरणले उब्जाएका प्रश्नहरु र समाधानका उपाय’ विषयको अन्तक्र्रियामा उनले नयाँ बन्ने संविधानमा महिलाका लागि आरक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री मीना पाण्डेले ठूलो जनसङ्ख्या हरेका महिलाका लागि पुरुष सरह आरक्षणको व्यवस्था हुने गरी समानुपातिक निर्वाचन लागु हुनुपर्ने बताईन् ।

अन्तरपार्टी महिला सञ्जालका कावाकी अध्यक्ष कल्याणी रिजालले आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था गरिएपनि अझै पाउन कठिन भइरहेको र अंशमा विभेद गरिएको बताइन ।

बौद्धिक समूहका अध्यक्ष सुप्रभा घिमिरेले एक वर्षभित्र पूर्ण समानुपातिक हुने गरी संविधान निर्माण गर्नुपर्ने बताइन ।

कार्यक्रममा एकीकृत नेकपा (माओवादी)की नेत्री शशी श्रेष्ठ, नेकपा (माले)की  जनकुमारी चालिसे, राष्ट्रिय मधेस समाजवादी पार्टीकी निलम वर्मा, तमोलोपाका वसन्ती झा, राप्रपाकी प्रतिभा राणालगायतले नीति निर्माण तहमा महिलाको पहुँच बढाउन आरक्षणको व्यवस्थामा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us