काँग्रेस–एमालेका नेता जिम्वेवार बन्नुपर्छ : खनाल

काठमाण्डु टुडे २०७० फागुन २३ गते ११:१६ मा प्रकाशित

JN_khanal1काठमाण्डु, २० फागुन – एमाले अध्यक्ष झलनाथ खनालले एमाले र काँग्रेसका नेताहरुलाई जिम्वेवार बन्न आग्रह गरेका छन् । जनताले आफूहरुको काधमा संविधान निर्माणको जिम्मेवार सुम्पिएको भन्दै खनालले जिम्मेवार र होसियार भएर बोल्न आग्रह गरेका हुन् ।

महिला हिंसाविरुद्ध शुक्रबार बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष खनालले जिम्वेवार भएर संविधान निर्माणमा जुट्न काँग्रेस एमालेका नेताहरुलाई सुझाव दिए ।

सात बुँदे सहमति अनुसार सरकार चल्नुपर्ने भन्दै खनालले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारसँग माग गरे । स्थानीय चुनावमा आफ्नो पार्टीले ५० प्रतिशत महिला सहभागिता गराउने उनको आश्वासन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us