‘५० करोड नहुँदा ५० सिट आएन’

काठमाण्डु टुडे २०७० फागुन २४ गते ३:०५ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, २४ फागुन – संविधानसभामा समानुपातिक तर्फ २४ सिट ल्याएको राप्रपा नेपालले ५० करोड खर्च गर्न नसक्दा ५० सिट ल्याउन नसकेको निष्कर्ष निकालेको छ ।

संविधानसभा निर्वाचनको समीक्षा गर्दै तयार पारिएको प्रतिवेदनमा उम्मेदवार छनोट, एजेन्डा र संगठन बिस्तारमा पनि कमजोरी रहेको उल्लेख छ ।

राप्रपा नेपालले संविधानसभा निर्वाचन परिणामबारे समीक्षा गर्न टंक ढकालको संयोजकत्वमा नौं सदस्यीय समिति गठन गरेको थियो ।

समितिले बिहिवार अध्यक्ष कमल थापालाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा भनिएको छ, ‘५० करोडसम्म खर्च गर्न पाएको भए ५० सिट पक्का आउथ्यो ।’ साधन स्रोतको अभाव, कमजोर संगठन, र धेरै ठाउँमा कमजोर उम्मेरदवार हुँदा पराजय भएको प्रतिवेदनमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us