प्लाष्टिकको झोलामा छोरी भेटिइन्

काठमाण्डु टुडे २०७० फागुन २४ गते २:३८ मा प्रकाशित

काठमाण्डु, २४ फागुन – मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति वार्ड अघिल्तिर एक हुल कुकुर पलाष्टिकको झोलमा लुछाचुडी गर्दै थिए ।

अस्पतालमा ओहोरदोहोर गर्नेलाई त्यतातिर कुनै मतलव थिएन् ।

जव कुकुरले तान्दै गरेको झोलाबाट बेवारिसे शिशु शव भुँइमा फुत्त खस्यो, अस्पतालमा दिनभर खैलाबैला मच्चियो ।

५ किलो सामान अटाउने सेतो प्लाष्टिक झोलामा छोरी शिशुको शव बिहीबार राति जन्माएर फयाँकेरको हुन सक्ने प्रहरीले बताएको छ ।

परिपक्क र स्वस्थ जन्मिएको शिशुलाई मारेर प्लाष्टिकको झोलामा पोको पारी फ्याँकेको अनुमान स्थानीयले गरेका छन् ।

एक जना स्वास्थ्यकर्मीका अनुसार प्रसूति तालिम प्राप्त प्राविधिकको सहयोगमा शिशु जन्माइएको देखिन्छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us