अर्थमन्त्रीले सचिवहरुलाई भने, ‘बहानाबाजी नगर्नुस्’

काठमाण्डु टुडे २०७० फागुन २३ गते १३:२४ मा प्रकाशित

Ramsharan-Mahatकाठमाण्डु, २३ फागुन – पुँजीगत खर्च गर्न नसक्नेहरुले बहानाबाजी गर्न नसुहाउने अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा महतले चालु आर्थिक वर्ष ०६९/०७० को विनियोजित पुँजीगत बजेटमध्ये २० प्रतिशत मात्र खर्च भएपछि सचिवहरुलाई खर्च नहुनाको कारणमा बहानाबाजी नगर्न सुझाव दिए ।

सरकारले चालु आवका लागि पुँजीगततर्फ रु ७१ अर्ब ७४ करोड तीन लाख बजेट विनियोजन गरेको थियो ।

अर्थ मन्त्री महतले भौतिक योजना तथा निर्माण, सहरी विकास, सिँचाइ, ऊर्जा र पर्यटन मन्त्राललयका सचिवलाई बजेट कार्यान्वयनमा के अप्ठेरो प¥यो भनी प्रश्न गरेका थिए ।

विनियोजन विधेययक पास नभई टेन्डरमा नजानाका कारण पुँजीगत खर्च हुन नसकेको निचोड अर्थ मन्त्रालयले निकालेको छ ।

बजेट कार्यान्यनका क्षेत्रमा काम गर्ने निकायले पहिले विभिन्न बहानाबाजी गर्ने र आखिरी महिना अर्थात् वर्षा लागेपछि ५० प्रतिशत बजेट एकै पटक खर्च गर्ने चलनले दिगो विकास हुन्छ र भन्दै अथर्मन्त्रीले सचिवहरुलाई प्रश्न गरेका थिए ।

विभिन्न मन्त्रालयका सचिवले मुआब्जा वितरणमा देखिएको अवरोध, ठेकेदारको ढिलासुस्ती, बन्द, हडताल र चक्काजामलगायत अवरोधले काममा ढिलाइ भएको जानकारी गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us