श्रमिक महिला दिवस मनाइदै

काठमाण्डु टुडे २०७० फागुन २४ गते २:४५ मा प्रकाशित

काठमाण्ड, २४ फागुन –आज १०४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।

महिला समानता नै सवैको प्रगती भन्ने अन्र्तराष्ट्रिय नारा र महिला नेत्तृत्वका लागि हौ जम्मा, घरदेखि संवीधानसभासम्म भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाईंदै छ ।

नेपालका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि क्रिस्टन लगार्डेले नेपाली महिलाहरुको मानवअधिकार, आत्मसम्मान र समानताकालागि आफ्नो सहयोग रहने प्रतिबद्धताका साथ शुभकामना दिएका छन् ।

यस्तै युएन वुमनका कार्यकारी निर्देशक फुमजीले ग्याल्वो ङ्युकाले २१ औ शताब्दीलाई महिला र बालीकाहरुका लागि सशक्तिकरण गर्ने र समानता हासिल गर्ने शताब्दी बनाउन आग्रह गरेका छन् ।

समान कामको समान ज्याला भन्ने मागका साथ सन् १८९७ मार्च ८ अर्थात आजकै दिन अमेरिकाको न्युयोर्कको एक कारखानामा काम गर्ने श्रमिक महिलाहरुले आन्दोलन सुरु गरेपछि प्रत्येक वर्ष यही दिनमा विश्वभरी महिला अधिकार र समानताको सुनिश्चिताको माग सहित महिला दिवस मनाउन सुरु गरिएको हो ।

महिला अधिकारका क्षेत्रहरुमा काम गर्ने संघसंस्थाहरुले पनि बिबिध कार्यक्रमहरु गर्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us