प्राध्यापक–शिक्षामन्त्री भेट

काठमाण्डु टुडे २०७० फागुन २३ गते १२:३७ मा प्रकाशित

काडमाण्डु, २३ फागुन – त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघले शिक्षामन्त्री चित्रलेखा यादवलाई प्राध्यापक सङ्घको आन्दोलनलगायत विषयमा  ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष प्रा वासुदेव घिमिरे नेतृत्वको प्राध्यापकको टोलीले मन्त्री यादवलाई जारी प्राध्यापकको आन्दोलन, विश्वविद्यालयमा रिक्त पदहरुको मनोनयनलगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

प्राध्यापकसँग विश्वविद्यालय प्रशासनले विगतमा गरेका सहमतिको कार्यान्वयन गर्नुपर्ने, प्राध्यापकहरुले उठाएका मागको सम्बोधन गर्नुपर्ने, विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष, त्रिवि सेवा आयोगको रिक्त सदस्य पदको नियुक्ति प्रक्रिया बढाउनुपर्नेलगायतका विषयमा मन्त्रीको ध्यानाकर्षण गराइएको भेटमा सहभागी सङ्घका केन्द्रीय सदस्य लोकनाथ भट्टराईले जानकारी दिए ।

उनका अनुसार भेटमा मन्त्री यादवले सङ्घले उठाएका मागप्रति आफू गम्भीर भएको र समस्या समाधानका लागि पहल सुरु गर्ने आश्वासन दिनुभएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us