नियमावली मस्यौदा समिति बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन २५ गते ६:३१ मा प्रकाशित

काठमाण्डु, २५ फागुन– संविधानसभा नियमावली मस्यौदा तयार पार्न गठित समितिको बैठक आज पनि बसेको छ ।
ca houseसिंहदरबारमा जारी बैठकमा विवादित विषयमा सहमति जुटाउने प्रयासमा छलफल भइरहेको छ । काँग्रेस–एमालेबीच संविधान राष्ट्रपति वा संविधानसभा अध्यक्षमध्ये कसले प्रमाणीकरण गर्ने भन्ने विवादका कारण मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन ।

काँग्रेस राष्ट्रपति र एमाले सभाध्यक्षले संविधान प्रमाणीकरण गर्नुेपर्ने पक्षमा छ । यस्तै दलहरुबीच संविधानसभामा दबाब समूह ‘ककस’ निर्माण र पार्टी ह्वीप लगाउन पाउने÷नपाउनेमा समेत विवाद छ ।

१० दिनभित्र मस्यौदा तयार पार्ने जिम्मेवारीसहित गत २८ माघमा गठित समितिको थप गरिएको एक साताको समय फागुन १४ मै सकिए पनि मस्यौदाले अझै पूर्णता पाएको छैन ।

संविधानसभा नियमावलीले पूर्णता नपाउँदा संविधानसभाले लामो समयदेखि बिजनेश पाउन सकेको छैन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us