नेविसंघ प्रहरीलाई अनुसन्धानमा सघाउन तयार

काठमाण्डु टुडे २०७० फागुन २७ गते ७:३६ मा प्रकाशित

nebisanghaकाठमाण्डु, २७ फागुन – चौतर्फि आलोचनापछि नेपाल विद्यार्थी संघ पक्राउ परेका आफ्ना नेताहरुमाथि प्रहरीको अनुसन्धानमा सघाउन तयार भएको छ ।

नेविसंघ अध्यक्ष रञ्जित कर्णले मंगलबार एक विज्ञप्ति जारी गरि प्रहरीको अनुसन्धानमा सघाउने प्रतिवद्धता जनाएका हुन् ।

‘केही दिन अगाडि पक्राउ गरिएका विद्यार्थी नेताहरुको विषयमा प्रहरी प्रशासनबाट भइरहेको छानबीनलाई पूर्ण सहयोग गर्दै निस्पक्ष तरिकाले सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौ,’ कर्णद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

साथै कर्णले अनुसन्धानलाई प्रभावित पार्ने गरी कुनै किसिमका विरोधका कार्यक्रम नगरिएको दावीसमेत गरेका छन् ।

विज्ञप्तिमा अनुसन्धानलाई प्रभाव पार्ने खालका कुनै पनि विरोधका गतिविधि नगर्न/नगराउन भनिएको छ ।

विज्ञप्तीको पूर्णपाठ

Nebisang

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us