नयाँ संविधान प्रमाणीकरणको विवाद समाधान

काठमाण्डु टुडे २०७० फागुन २७ गते ७:५६ मा प्रकाशित

Biccकाठमाण्डु, २७ फागुन – नयाँ संविधानको प्रमाणिकणरका विषयमा काँग्रेस–एमालेबीच देखिएको विवाद समाधान भएको छ ।

संविधानसभा अध्यक्षले संविधान प्रमाणित गर्ने र राष्ट्रपतिको हस्ताक्षरसहित सार्वजनिक गर्ने सहमतिसँगै प्रमाणीकरणको विवाद समाधान भएको हो ।

काँग्रेस–एमालेबीच ‘प्रमाणीकरण’ शव्द नराख्ने सहमति पनि भएको छ ।

यसअघि कांग्रेसले सभाध्यक्षले प्रमाणित गरेपछि राष्ट्रपतिले संविधान प्रमाणीकरण गर्नु पर्ने अडान लिएको थियो भने एमाले सभाध्यक्षले नै प्रमाणीकरण गर्नुपर्ने पक्षमा थियो ।

दुईदलबीच यस्तो सहमति भएपछि संविधानसभाको नियमावली मस्यौदा समितिको बैठक बसिरहेको छ ।

तेस्रो पटक थपिएको समयसिमाको अन्तिम दिन आजसम्म पनि ककस गठन र हृवीपबारे सहमति हुनै बाँकी छ । सहमति जुट्न नसक्दा लक्ष्मणलाल कर्ण नेतृत्वको समितिले मस्यौदा तयार पार्न सकिरहेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us