नयाँ शैक्षिक शत्रमा कितावको हाहाकार हुने

काठमाण्डु टुडे २०७० फागुन २७ गते ४:४९ मा प्रकाशित

booksकाठमाण्डु, २७ फागुन –आगामी शैक्षिकसत्रका लागि आवश्यक विद्यालय तहका पाठ्यपुस्तकको छपाइ गर्न जनक शिक्षा सामग्री केन्द्रले नभ्याउने भएको छ ।

जनकले नभ्याउने भएपछि साझा प्रकाशन, मुद्रण विभाग र गोरखापत्र संस्थानलाई पनि छपाइको जिम्मेवारी दिएको छ ।

केन्द्रको सञ्चालक समितिको बैठकको निर्णयअनुसार ती निकायलाई छपाइको जिम्मेवारीसहितको पत्राचार गरिएको छ ।

आगामी शैक्षिकसत्रका लागि करिब दुई करोड २० लाख थान पाठ्यपुस्तक छपाइ हुनुपर्नेमा हालसम्म एक करोड २६ लाख थान मात्र छपाइ भएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले केन्द्रले नभ्याउने अवस्थामा सरकारी स्वामित्वमा रहेको प्रकाशनसँग उसले सहयोग लिने गरी सम्झौता गर्नसक्ने बताए ।

janakबैशाखको पहिलो साताभित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुनुपर्छ भन्ने सोंचले किताव छपाईको जिम्मा अरुलाई पनि दिएको जनक शिक्षाका प्रवन्ध संचालक अनिल झाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us