प्रहरी प्रधान कार्यालयमा गृहमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७० फागुन २७ गते ६:२७ मा प्रकाशित

bamdev काठमाण्डु,  २७ फागुन –बामदेव उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले मुलुकको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी महानिरीक्षकसहित पाँचै विकास क्षेत्रका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री गौतमले आज प्रहरी प्रधान कार्यालय नक्साल पुगी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सबै उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री गौतमले मुलुकको शान्ति सुरक्षा तथा प्रहरी संगठनभित्रको समस्याहरुबारे जानकारीसमेत लिएका थिए ।

त्यसक्रममा गृहमन्त्री गौतमले कसैको दबाबमा नपरी निष्पक्ष भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us