मस्यौदा समितिले विवादित विषयको आज टुंगो लगाउने

काठमाण्डु टुडे २०७० फागुन २७ गते २:२५ मा प्रकाशित

काठमाण्डु, २७ फागुन –संविधानसभा, व्यवस्थापिका संसद नियमावली मस्यौदा समितिले विवादित विषयहरुको आज टुंगो लगाउने भएको छ ।
नयाँ संविधानलाई प्रमाणीकरण कसले गर्ने, ककस गठन गर्न पाउने कि नपाउने र संविधानसभामा ह्वीप लाग्ने की नलाग्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद देखिएको थियो ।
नयाँ संविधानको प्रमाणीकरणमा विवाद सहमति नजिक पुगेपछि समितिले मस्यौदालाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो ।
समितिको बैठक बिहान ११ बजेपछि बस्ने छ । आज समितिको अन्तिम दिन भएकाले सहमति कायम हुन नसकेमा मतदानबाट भएपनि टुंगो लगाउने तयारी भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको पछिल्लो पटक थपिएको १० दिनको म्याद सकिन अब केहीकेही घण्टा मात्र बाँकी रहँदा पनि ककस निर्माण तथा सभासदलाई ह्विप लगाउने बिषयमा सहमती हुन बाँकी छ । यी बिषयमा पनि सहमती जुटाउन समितीको बैठक आज पनि बस्ने भएको छ ।

समितिमा मिल्न बाँकी बिषयमा भोटिङमार्फत टुंग्याउने सहमती भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us