सर्वपक्षीय सम्मेलन उत्तम विकल्प : थापा

काठमाण्डु टुडे २०७० फागुन २६ गते १२:०३ मा प्रकाशित

Badalकाठमाण्डु, २६ फागुन – नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले राजनीतिक समाधानका लागि सर्वपक्षीय राजनीतिक सम्मेलन नै उत्तम विकल्प भएको बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई राजनीतिक रुपमा अगाडि बढाउने हो भने नयाँ संयुक्त सरकार गठन हुनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलबाट २५ जना नेता तथा कार्यकर्ता नेकपा–माओवादीमा प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us