प्रक्रिया पुर्याएर चाँडै स्थानीय चुनाव : सिंह

काठमाण्डु टुडे २०७० फागुन २७ गते ६:५४ मा प्रकाशित

prakash man singकञ्चनपुर, २७ फागुन – उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया पु¥याएर चाँडै स्थानीय निकायको चुनाव गरिने बताएका छन् ।

प्रेस युनियन कञ्चनपुर शाखाले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्थानीय निकायको चुनावका लागि स्थानीय स्वायत्त शासन ऐनका केही बुँदाहरु परिमार्जन गरी छिट्टै चुनावको मिति घोषणा गरिने बताए ।

स्थानीय निकायको चुनावका लागि सरकार र निर्वाचन आयोगले तयारी गरिरहेको उनको भनाइ थियो । संविधानसभाभित्र र बाहिर रहेका सबै राजनीतिक दलको भावना र मर्म समेटिएको लोकतान्त्रिक संविधान जारी हुनेमा उनले जोड दिए ।

यसैबीच नेपाली काँग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँगको भेटमा मन्त्री सिंहले स्थानीय निकायको चुनाव चाँडै हुने भएकाले यसको तयारी गर्न निर्देशन दिए ।

पार्टी एक ढिक्का भएर अगाडि बढेकाले मनमा कुनै शङ्का उपशङ्का नराखी जनताको कार्यका लागि खट्न उनको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us