रमेश खरेललाई कारबाही गर्न नेविसंघको माग

काठमाण्डु टुडे २०७० फागुन २५ गते ११:५६ मा प्रकाशित

nebisanghaकाठमाण्डु, २५ फागुन – नेपाल विद्यार्थी संघले काठमाण्डुका प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई तत्काल कारबाही गर्न माग गरेको छ ।

नाम कमाउने र सेलिब्रेटी बन्ने नाममा गैर कानुनी ढंगले नेविसंघका नेताहरुलाई गिरफ्तार गरेको आरोप लगाउँदै नेविसंघले खरेललाई कारबाही गर्न माग गरेको हो ।

यही फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई विना कारण पक्राउ गरेको नेविसंघको आरोप छ ।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले सरकारद्वारा इजाजत प्राप्त हतियारलाई गैरकानुनी भनी पक्राउ गर्नु गैरकानुनी भएको बताए ।
साथै नेविसंघले पक्राउ परेका सबैलाई विना शर्त रिहा गर्न गृहमन्त्रालय र प्रहरी प्रशासनसँग माग गरेको छ ।

नेविसंघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णले नेविसंघ कानुनमा विश्वास गर्ने संगठन भएको भन्दै माग तत्काल सम्बोधन नभए कडा संघर्षमा उत्रने चेतावनी दिए ।

उनीहरुलाई प्रहरीले हतियारसिहत पक्रेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us