चीन विरोधी गतिविधि रोक्न सुरक्षा कडा

काठमाण्डु टुडे २०७० फागुन २६ गते २:४५ मा प्रकाशित

काठमाण्डु, २६ फागुन– सरकारले काठमाण्डु उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।
policeआफूहरुको मुक्ति दिवसको अवसर पारेर तिब्बती शरणार्थीले चीनविरोधी गतिविधि गर्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

तिब्बती शरणार्थीले धर्म गुरु दलाइ लामा निर्वासित भएको दिनको स्मरण गर्दै हरेक वर्ष मार्च १० तारिखका दिन मुक्ति दिवस मनाउने गरेका छन् । शरणार्थीहरुको बाक्लो उठबस हुने क्षेत्रहरु राजधानीका स्वयम्भू, बौद्ध, जोरपाटी, बालुवाटारस्थित चिनियाँ दूतावास, हात्तीसारस्थित भिसा काउन्सिलर कार्यालय र जावलाखेल क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षा तैनाथी गरिएको छ ।

बौद्ध क्षेत्रमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका निमित्त प्रमुख नायव महानिरीक्षक विश्वराज शाही आफैं खटिएका छन् । सरकारले बौद्धस्थित एक गुम्बामा मुक्ति दिवसको कार्यक्रम गर्न अनुमति नदिएपछि तिब्बतीले गोप्य रुपमा कार्यक्रम गर्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us