सानेपामा बाबुराम पक्षधर नेताको भेला

काठमाण्डु टुडे २०७० फागुन २५ गते १७:४७ मा प्रकाशित

काठमाण्डु–एकीकृत माओवादी नेता बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनलाई राजनीतिक र संगठनात्मक कार्यदिशामा बनाउने थलो बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिने रणनीति बनाएका छन । गत माघ २ देखि १८ गतेसम्म काठमाण्डुमा बसेको एमाओवादी केन्द्रीय समिति बैठकले आगामी वैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।Baburam
आफू पक्षधर करिब ३० जना नेताहरुलाई आइतबार आफ्नै निवास सानेपामा भेला गरी भट्टराईले त्यसबारे छलफल गरेका छन । जिल्ला संयोजकहरुले पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार र शनिबार भएको भेलापछि भट्टराईले आइतबार आफू पक्षधर नेताहरुलाई आफनै निवासमा बोलाएर छुट्टै छलफल गरेका हुन ।
भेलामा सहभागी एक नेताका अनुसार पूरानो पुस्ताको नेतृत्वले जनवादी क्रान्तिको नेतृत्व गरेको र समाजवादी क्रान्तिको नेतृत्व गर्न नयाँ पुस्तालाई साँगठनिक नेतृत्व हस्तान्तरण गरी आफूहरुले वैचारिक नेतृत्व गर्नु पर्ने धारणा पनि उनले व्यक्त गरेका छन । चक्रिय अध्यक्षात्मक प्रणाली अवलम्बन गरेर नेतृत्व विकास गर्न सकिने विकल्प पनि भट्टराईले अगाडि सारेको ती नेताले बताए ।
भेलामा टोपबहादुर रायमाझी,देवेन्द्र पौडेल,नवराज सुवेदी,हिसिला यमी,गंगा श्रेष्ठ लगायतका नेता सहभागी थिए । भेलामा नेता राम कार्की र कुनै पनि सभासद सहभागी थिएनन् । भट्टराईको भनाइ उदृत गर्दै ती नेताले भने ‘विचारको आधारमा संगठन निर्माण गर्नुपर्छ त्यसका लागि राजनीतिक र वैचारिक प्रष्टता खोजेर मात्रै संगठनात्मक विधि बनाइनुपर्छ ।’ पार्टीलाई रुपान्तरण गरी नयाँ शक्तिको रुपमा विकास गरिनु पर्ने भट्टराईले बताएका थिए ।
‘नेतृत्व भनेको पाको वा कपाल फुलेकै हुनुपर्छ भन्ने पनि होइन । परिवर्तन गर्ने विश्वका नेताहरु पनि ४० वर्ष आसपासका नै छन् । त्यसरी नै हामी कहाँ पनि त्यही उमेर आसपासका नेताहरु नै आउन सक्छन । अथवामा पूरानै मध्येबाट कसैले युगको आवाज सुनेर आफूलाई रुपान्तरण गर्न पनि सक्छन’ भट्टराईले आइतबार प्रकाशित नेपाल साप्ताहिकमा ६ पृष्ठ लामो लेखमा लेखेका छन ।

नेपाली समाज नयाँ चरणमा प्रवेश गरिसकेको छ । अब त्यसलाई नेतृत्व गरेर जानका निम्ति आफनो संगठन,नेतृत्व र कार्यशैलीलाई नै परिवर्तन गरेर लैजान सक्नु पर्छ । त्यसो गर्न सकिएन भने नयाँ शक्तिको उदय हुन्छ र त्यसलाई कसैले रोक्न सक्ने छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us