ओनसरीले एमाओवादी छाड्ने

काठमाण्डु टुडे २०७० फागुन २५ गते १०:४३ मा प्रकाशित

Onsari Ghartiकाठमाण्डु, २५ फागुन – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले एकीकृत माओवादी छाड्ने भएकी छन् ।

पार्टीमा हिसिला यमीपछि वरिष्ठतम् महिला नेतृ घर्तीले एमाओवादी छाड्न लागेकी हुन् । उनी एमाओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तकी श्रीमतीसमेत हुन् ।

संविधानसभाको उपाध्यक्षले तथष्टताका लागि कुनै पनि पार्टीमा रहन नहुने प्रवधानका कारण पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जनाएको छ । सभाध्यक्ष र उपसभाध्यक्षले पार्टीको जिम्मेवारी परित्याग गर्नुपर्ने व्यवस्था छ ।

सभाध्यक्ष सुवास नेम्वाङलेसमेत एमाले परित्याग गरिसकेका छन् । घर्ती संविधानसभाको दोस्रो निर्वाचनमा रोल्पा १ बाट सभासद्मा निर्वाचित भएकी थिईन् ।

एमाओवादीकातर्फबाट संविधानसभा उपाध्यक्षको उम्मेदवार बनेकी घर्ती नेपाली काँग्रेस, नेकपा एमाले लगायतका अधिकांश दलको समर्थनमा भारी मत अन्तरले विजयी भएकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us