काँग्रेस–एमाले विवादले मस्यौदा निर्माण अन्यौलमा

काठमाण्डु टुडे २०७० फागुन २६ गते २:२५ मा प्रकाशित

काठमाण्डु, २६ फागुन– विवाद समाधानको प्रयास स्वरुप संविधानसभा मस्यौदा समितिको बैठक आज पनि बस्दैछ ।
NC-&-UCPNMअन्तिमपटक थपिएको समय भोलि सकिने भएपछि समिति सहमति निर्माणको अन्तिम प्रयासमा जुटेको हो ।

नयाँ संविधान प्रमाणीकरणको विषयलाई लिएर संविधानसभाका दुई ठूदा दल काँग्रेस र एमालेबीच जारी विवाद समाधान नभएपछि समितिले थपिएको समयमा समेत मस्यौदा तयार पार्न सकेको छैन ।

काँग्रेस राष्ट्राध्यक्षका हैसियतमा संविधानको प्रमाणीकरण राष्ट्रपतिले गर्न पाउनुपर्ने र एमाले यसअघिकै व्यवस्थाअनुसार सभाध्यक्षले संविधान प्रमाणीकरण गर्नुपर्ने अडानमा छ ।

विवाद समाधानका लागि भन्दै हिजो बसेको दुई दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us