ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २५ गते १३:३३ मा प्रकाशित

पर्सा, २५ फागुन – वीरगन्ज बाइपास रोडस्थित हरियाली रेस्टुरेंन्ट अगाडि ट्रकको ठक्करबाट एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

गण्डकबाट बसपार्कतर्फ आउँदै गरेको ना२ख ६८५९ नम्बरको ट्रकले ठक्कर दिँदा सोलखपुर निवासी श्याम थापाका छोरा २२ वर्षीय विदुर थापाको घटना स्थलमै मृत्यु भएको हो ।

ठक्करबाट घाइते दुवै जनाको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ, चालक भने फरार रहेको पर्सा प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us