संविधान निर्माण प्रमुख आवश्यकता : घर्ती

काठमाण्डु टुडे २०७० फागुन २४ गते ९:१६ मा प्रकाशित

Onsari Ghartiकाठमाण्डु, २४ फागुन – संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीमगरले देशका सबैखाले विभेद्हरुको अन्त्यका लागि संविधान निर्माण प्रमुख आवश्यकता भएको बताएकी छिन् ।

सामाजिक लोकतन्त्र नामक मासिक पत्रिकाको संवाद डबलीमा विमोचन गर्दै उनले निर्माण गरिने संविधान परिवर्तनको संविधान हुनुपर्ने र त्यसले सम्पूर्ण जातजाति भाषाभाषीको अपनत्व गराउने उल्लेख गरिन् ।

एक वर्षमा संविधान जारी गर्नेतर्फ सबैको सकारात्मक सहयोग आवश्यक भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us