डाक्टरले सुत्केरीको पाठेघरमा कपडा छोडेपछि …

काठमाण्डु टुडे २०७० फागुन २५ गते १:५८ मा प्रकाशित

sutkeriगुल्मी, २५ फागुन – सल्यक्रिया गरेर बच्चा निकाल्दा सुत्केरीको पेटमा कपडा (गजपिस) छोडको भन्दै तम्घास अस्पताल विरुद्ध जिल्ला प्रसाशन कार्यालय,गुल्मीमा उजुरी परेको छ ।
अर्खले–९ भाडगाउँकी ३४ वर्षीया राधा खत्रीको माघ २४ गते सल्यक्रिया गरी बच्चा निकालेपछि पेटभित्रै गजपिस छाडेकाले गम्भीर बिरामी भएको भन्दै सो अस्पतालविरुद्ध पीडितले उजुरी दिएका हुन् ।

बच्चा जन्मेपछि घर फर्केकी खत्रीको पेट सहनै नसक्ने गरी दुःखेपछि फागुन १६ गते तम्घास अस्पताल भर्ना गरिएको थियो ।

तम्घास अस्पतालले उपचार गर्न नसकेर रिफर गरेपछि उहाँलाई लुम्बिनी मेडिकल कलेजमा आइसियूमा उपचार भइरहेको छ ।

डाक्टरको लापरबाहीका कारण पीडितको पेटमा सङ्क्रमण भएकाले क्षतिपूर्ति र कारबाहीको माग गर्दै प्रशासनमा निवेदन दिइएको पीडितका पति छत्रबहादुर केसीले बताए ।

जिल्लाका सबै राजनीतिक दल, अस्पतालका डाक्टर, प्रशासन र पीडित पक्षबीच भएको शनिबार प्रशासन कार्यालयमा भएको छलफलमा जसरी पनि बिरामीको ज्यान बचाउन उपचारका लागि सहयोग गर्ने सहमति भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले पहिला उपचार गर्ने र पछि घटनाको छानबिनको क्रम पनि जारी राख्ने सहमति भएको बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us