काठमाण्डुमा पुनः अर्को विमानमा आगो लाग्यो

काठमाण्डु टुडे २०७० फागुन २४ गते ८:३३ मा प्रकाशित

Indigoकाठमाण्डु, २४ फागुन – नेपाल वायुसेवा निगमको अन्तिम ट्विनअटर विमानमा आगो लागेको भोलिपल्टै इन्डिगो एयरलाइन्सको विमानमा पनि आगलागी भएको छ ।

भारतको दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको एअर बस ३२० विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो ।

यद्यपी त्यसमा सवार १ सय ७४ यात्रुलाई आकस्मिक द्वारबाट सकुशल बाहिर निकालिएको छ ।

जहाजको पछाडी पाङ्ग्राबाट सुरु भएको आगो फैलिन नपाउँदै बारुण यन्त्रको सहायतामा निभाइएको थियो ।

समयमै आगो निभाइएकाले थप क्षति हुन पाएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us