स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग

काठमाण्डु टुडे २०७० फागुन २४ गते ९:४२ मा प्रकाशित

Sujata-Koiralaविराटनगर, २४ फागुन – नेपाली काँग्रेसकी महिला नेत्री सुजाता कोइरालाले लामो समयदेखि ठप्प रहेको स्थानीय निकायको विकास निर्माणको काम सुचारु गर्न अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएकी छिन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेत्री कोइरालाले संविधान जारी गर्ने बेलामा राष्ट्रपति वा सभामुख कसले प्रमाणित गर्ने अहिले उठाउनुपर्ने विवादको विषय नभएको स्पष्ट पारिन् ।

संविधान प्रमाणित गरी जारी गर्ने विषयमा दलहरुबीच छलफल एवम् सहमति कायम गरी समाधान निकाल्नुपर्नेमा उनको जोड थियो ।

नेपाली काँग्रेस र एमाले सरकार परिवर्तन गर्नेभन्दा संविधान निर्माणतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेत्री कोइरालाले वर्तमान सरकार स्थिर र बलियो भएकाले यसमा सहभागी दलहरुलाई बाहिर अनावश्यक टीकाटिप्पणी गर्नुहुँदैन भन्ने विचार व्यक्त गरिन् ।

सरकारभन्दा ठूलो संविधान भएकाले सबै दलहरुले संविधान जारी गर्न सहयोग एवम् सहकार्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us