प्रचण्डकी पुत्री ज्ञानुको स्वास्थ्य अवस्था गम्भीर

काठमाण्डु टुडे २०७० फागुन २४ गते ८:०३ मा प्रकाशित

Gyanu dahal copyकाठमाण्डु, २४ फागुन – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री ज्ञानु केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

करिब ८ वर्षदेखि स्तन क्यान्सरबाट पिडित ज्ञानुको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।

यसअघि दिल्लीको फोर्टिज अस्पतालमा उनको उपचार गराइएको थियो । ज्ञानुलाई गत साता काठमाण्डु ल्याइएको हो ।

छोरीलाई भेट्न प्रचण्ड दैनिकजसो अस्पताल पुग्ने गरेका छन् । साथै एमाओवादी र नेकपा–माओवादीका नेताहरुपनि ज्ञानुको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्ने गरेका छन् ।

छोरीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि प्रचण्ड पारिवारिक तनावमा रहेका छन् । ४० वर्षिया ज्ञानु प्रचण्डकी जेठी छोरी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us