एमाओवादी र मधेसवादीले संविधान बन्न दिएनन् : नेपाल

काठमाण्डु टुडे २०७० फागुन २४ गते ९:१३ मा प्रकाशित

madhab-nepalजनकपुरधाम, २४ फागुन – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले एकीकृत माओवादी र मधेसवादी दलको बखेडाका कारण समयमा संविधान निर्माण हुन नसकेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसक्नुको कारण एमाओवादी र मधेसवादी नै भएको आरोप लगाए ।

‘एमाओवादी र मधेसवादी दलले बखेडा नगरेको खण्डमा अब तोकिएकै समयमा संविधान निर्माण हुनेछ,’ नेपालले भने, ‘सरकारले संविधान निर्माण गर्ने सवालमा उनीहरुलाई पनि सँगै लिएर जानुपर्दछ ।’

संघीयता र शासकीय स्वरुप दुईवटा विषयको टुङ्गो लागे अबको १० महिनाभित्र मुलुकमा नयाँ संविधान जारी हुने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us