एक जना बिद्यार्थी , तीनजना शिक्षक

काठमाण्डु टुडे २०७० फागुन २३ गते १:४१ मा प्रकाशित

लम्जुङ् , २३ फागुन – लम्जुङको दुराडाँडाको शान्ति सदन प्राथमिक बिद्यालय ओख्नेपानीमा एक बिद्यार्थीका लागि तीन जना शिक्ष्ँक कार्यरत छन् ।

बिद्यालयको कक्षा १देखि पाँचसम्म जम्मा तीन जना बिद्यार्थी छन् ।

तीनजना मात्रै बिद्यार्थी छन । उनीहरुलाई पढाउने शिक्षक पनि तीनै जना छन् । कक्षा एक र दुइमा गरि तीन जना छन भने अन्य कक्षामा बिद्यार्थी नै छैनन् ।

जिल्ला शिक्षा अधिकारी धनसिंह धामीसहितको अनुगमन टोलीले बिद्यालयको अवस्था यस्तो भेटाएको हो ।

गाउँका धेरैजसाले बालबालिकालाई निजी बिद्यालयमा पढाउदा सरकारी बिद्यालयमा बिद्यार्थी नभएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us