प्याब्सनमा सर्वसम्मतिको प्रयास

काठमाण्डु टुडे २०७० फागुन २३ गते ५:०५ मा प्रकाशित

papsonकाठमाण्डु, २३ फागुन – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)मा सर्वसम्मत रूपमा पदाधिकारी चयनको प्रयास थालिएको छ ।

पच्पन्न सदस्यीय प्याब्सन कार्यसमितिका लागि १०८ जनाको विभिन्न पदमा उम्मेदवारी परेपछि पूर्वअध्यक्षहरूको प्रेसिडेन्सियल काउन्सिले बिहीबारदेखि सर्वसम्मतिका लागि प्रयास सुरु गरेको हो ।

पूर्वअध्यक्षको चार सदस्यीय प्रेसिडेन्सियल काउन्सिलमा वर्तमान अध्यक्ष डा बाबुराम पोखरेलसहित पूर्वअध्यक्षहरू भोजबहादुर शाह, राजेश खड्का र उमेश श्रेष्ठ रहनुभएको छ । कार्यसमितिका लागि अध्यक्षमा लक्ष्यबहादुर केसी र टिआर ढकालले उम्मेदवारी दिएका छन् ।

भने वरिष्ठ उपाध्यक्षका लागि टीका पुरी र विजय सम्बाहाम्फेले उम्मेदवारी परेको छ ।

त्यस्तै महासचिवमा डिके ढुङ्गाना र गोपाल आचार्यको उम्मेदवारी दिएका छन् ।

पचपन्न जनाको कार्यसमितिका लागि १०८ जनाको उम्मेदवारी परेपछि सर्वसम्मतिका लागि प्रयास सुरु भएको प्याब्सनका महासचिव डिके ढुङ्गानाले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us