ड्युटीमै प्रहरी नायब निरिक्षकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २३ गते ४:५८ मा प्रकाशित

महोत्तरी, २३ फागुन –महोत्तरी जिल्लाअन्तर्गत किसाननगर प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक मनोजकुमार महतोको गएराति मृत्यु भएको छ ।

बारा जिल्ला गोलबन्द–४ घर भएका प्रनानि महतोको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

विगत एक वर्षदेखि इलाका प्रहरी कार्यालय बर्दिबासमा दरबन्दी भई किसाननगर प्रहरी चौकीमा काम गर्दै आउनु भएका महतो गएराति ८ बजेतिर ड्युटी चेकका क्रममा अचानक बेहोस भएका थिए ।

बेहोस भएपछि उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकामा राति करिब सवा १० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us