‘स्थानीय चुनावको मिति तोक्न प्रधामन्त्रीको तदारुकता देखिएन’

काठमाण्डु टुडे २०७० फागुन २३ गते ८:३० मा प्रकाशित

नेकपा एमालेका एक नेताले स्थानीय चुनाव गर्नको लागि प्रधानमन्त्रीले तदारुकता नदेखाएकोले गुनासो गरेको भए पनि कांग्रेसका एक नेताले प्रधानमन्त्रीको वचाउ गर्दै आफ्नो पार्टी छिटो स्थानीय निकायको चुनावको पक्षमा रहेको दाबी गरेका छन्।Sushil-Koirala

संविधानसभाको दोस्रो ठुलो दल नेकपा एमालेले आफ्नो केन्द्रिय कमिटीको बैठकको निर्णय बिहिबार सार्वजनिक गर्दै तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकार समक्ष माग गरेको थियो। चुनावको लागि ऐन संसोधन गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरीरहेको अवस्थामा आफ्नो दल समेत त्यसको पक्षमा भए पनि प्रधानमन्त्रीले तदारुकता नदेखाएको एमाले सचिव युवराज ज्ञवालीले बताए। “मिति तोक्नको लागि प्रधामन्त्रीले तदारुकता देखाउनु पर्यो, उहाँको तदारुकता देखिएन।”

आफ्नो पार्टी एमाले नेपाली कांग्रेस नेतृत्वको सरकारको सहयात्री दल मात्रै भएकोले चुनाव गराउने मुख्य जिम्मेवारी कांग्रेसको रहेको नेता ज्ञवालीले जिकिर गरे।कांग्रेस सहमहामन्त्री पुर्णबहादुर खड्काले भने प्रधानमन्त्रीको बचाउ गर्दै भने कहिल गर्ने कसरी गर्ने ऐनहरु संशोधन गर्ने भन्ने विषयमा सरकारले गर्दछ। कांग्रेसले घोषणापत्रमा पनि ६ महिनामा स्थानीय निकायको चुनाव गर्ने प्रतिबद्धता जनाएकै छ।

अहिले ठूला भनिएका प्राय जसो दलहरुले आफ्ना घोषणापत्रमा संविधानसभा निर्वाचनको ६ महिनापछि स्थानिय निकायको चुनाव गराउने प्रतिबद्धता जनाएका थिए। तर आफ्नो अनुकुलता र प्रतिकुलता हेरेर कतिपय दलले आफ्नो बोली फेरेका छन्। यसैबीच चौथो ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निकायको निर्वाचनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो। BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us