लोकतन्त्रको जगमा विकास : उपसभापति पौडेल

काठमाण्डु टुडे २०७० फागुन २३ गते १०:०० मा प्रकाशित

Ramchandra-Paudelललितपुर, २३ फागुन – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्रको जगमा मात्रै मुलुकको आर्थिक–सामाजिक विकास सम्भव हुने बताएका छन् ।

नेपाल दलित संघद्वारा ललितपुरमा आयोजित प्रथम राष्ट्रिय दलित सदनको प्रथम बैठकको उद्घाटन गर्दै उपसभापति पौडेलले मुलुकमा विद्यमान दलितप्रतिको परम्परागत विभेद तथा वर्गवादी विसङ्गतिलाई हटाउन सबै लाग्नुपर्ने धारणा व्यक्त व्यक्त गरे ।

सो अवसरमा उपसभापति पौडेलले दलित सङ्घद्वारा प्रकाशित ‘रुपान्तर’ नामक किताबको विमोचन समेत गरेका थिए ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मानबहादुर विश्वकर्माले संगठित आवाजबाट मात्रै आफ्नो हकअधिकार पाउन सकिने स्मरण गराउँदै त्यसैका लागि दलित सदन संस्थाको स्थापना भएको बताए ।

काँग्रेसका दलित विभाग प्रमुख जीवन परियारले आफ्नो समुदायलाई मजबुत बनाउँदै दलितका हकअधिकार स्थापित गर्न दलित सदनले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us