जेष्ठ नागरिकका समस्या राष्ट्रिय समस्या

काठमाण्डु टुडे २०७० फागुन २३ गते ८:५१ मा प्रकाशित

काठमाण्डु २३ फागुन ‘जेष्ठ नागरिकहरुको हेरचाह, आदर सम्मान र सुरक्षाको समस्या राज्य, समाज र परिवरको साझा राष्ट्रिय समस्या हो । राज्यले जेष्ठ नागरिकहरुका हक,हित र प्रतिष्ठा मागहरु जायज मागहरु तत्काल पूरा गर्नु पर्दछ । उनीहरुको एक बर्षदेखिको अटुट आन्दोलनलाई सम्मान गर्नु पर्दछ । उनीहरुले दिनको एक सय रुपैयाँ गुजारा भत्ता, यातायात र स्वास्थ्य उपचारमा सुविधा जस्ता स्वाभाविक र मानबीय न्यूनतम मागहरु राखेका छन् । यसप्रति कुनै किसिमले पनि बिमति जनाइनु हुदैन । मातृदेवो भवः पितृ देवो भवः भन्ने हाम्रो पूर्वीय मान्यतालाई ब्यवहारमा खरो उतार्न राज्य, समाज र परिवारले लागी पर्नु पर्दछ ।’ communist flag
यो धारणा नेपाल कम्युनिष्ट पार्टीका सह–अध्यक्ष लोकनारायण सुवेदीले जेष्ठ नागरिक संयुक्त संघर्ष तदर्थ समितिले मीनभवनमा आयोजित धर्ना कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ब्यक्त गरेका हुन । जेष्ठ नागरिकहरुले यो संघर्ष शुरु गरेको एक बर्ष बितेको सन्दर्भमा उनले सरकारले जेष्ठ नागरिकका मागहरु तत्काल पूरा गर्नु पर्नेमा जोड दिए ।
त्यस अवसरमा अखिल नेपाल महिला यूनियनका अध्यक्ष सीता सुवेदीले १०४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आफ्नो महिला संगठनले जेष्ठ नागरिकहरुको आन्दोलप्रति पूर्णरुपले ऐक्यबद्धता जनाउँने निर्णय गरेको सुनाउदै यो आन्दोलनलाई हर तरहले सहयोग र समर्थन गर्ने प्रतिबद्धता जाहेर व्यक्त गरिन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us