माओवादीको जिल्ला संयोजक भेला सुरु

काठमाण्डु टुडे २०७० फागुन २३ गते २:४३ मा प्रकाशित

maoist-officeकाठमाण्डु, २३ फागुन – राष्ट्रिय सम्मेलनको तयारीका लागि एकीकृत नेकपा माओवादीका जिल्ला संयोजकको भेला काठमाण्डूमा शुरु हुँदैछ ।

पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जिल्ला संयोजकहरुको भेला बोलाइएको एकीकृत माओवादीले जनाएको छ ।

राष्ट्रिय सम्मेलन वैशाखमा हुने हुने भएको छ ।

भेलामा सम्मेलनको , विधान संसोधन र विधान कार्यान्वनका विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

कार्यदिशा र सांगठनिक संरचना परिवर्तनका लागि एकीकृत नेकपा माओवादीले आउँदो वैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us