उड्दा उड्दै जल्यो विमान, यात्रुहरु सकुशल

काठमाण्डु टुडे २०७० फागुन २३ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, २३ फागुन – नेपाल वायुसेवा निगमको ट्विनअटर विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलको रन वे छोडेको केहीबेरमै ‘9N Alfa Bravo Unicorm’ विमानको दायाँ इञ्जिन पड्किएको थियो ।

सो समय विमानमा क्याप्टेन सञ्जय वैद्य र को पाइलत प्रशान्त राई सहित १५ जनायात्रु सवार थिए । लामिडाँडाका लागि उडेको सो विमान धेरै माथि पुग्न नपाउँदै इञ्जिन पड्किएकाले सकुशल अवतरण गराईएको थियो ।

विमानमा सवार सबैजना सकुशल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us