बृहत् शान्ति सम्झौता विपरीत काम भयो–नेता चन्द

काठमाण्डु टुडे २०७० फागुन २१ गते १३:०१ मा प्रकाशित

Biplab 2परासी, २१ फागुन – नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले दलहरुले बृहत् शान्ति सम्झौता विपरीत काम गरेको आरोप लगाएका छन् ।

क्रान्तिकारी पत्रकार महासङ्घ नवलपरासीले गरेको कार्यक्रममा चन्दले दलहरुले शान्ति सम्झौताको मर्म विपरीत काम गरेकाले सङ्क्रमणकाल लम्बिदै गएको बताए ।

प्रधानमन्त्री सुशील कोइरालाले माओवादीलाई पनि संविधान निर्माणमा सहभागी गराउने भनी दिएको अभिव्यक्ति सकारात्मक भएको बताउँदै उनले सहमति र सहकार्यका लागि प्रधानमन्त्रीले स्पष्ट खाका ल्याउनुपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us