प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७० फागुन २२ गते २:४६ मा प्रकाशित

sushil काठमाण्डु, २२ फागुन– म्यानमारमा सम्पन्न बंगालको खाडीको प्रयास (बिमस्टेक)को तेश्रो सम्मेलनमा भाग लिएर प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किएका छन् ।

कोइराला थाइएयरको जहाजबाट बिहीबार दिउँसो काठमाण्डु आइपुगेका हुन् । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै कोइराला गत १८ फागुनमा म्यानमार गएका थिए ।

शिखर सम्मेलनका क्रममा उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, म्यानमारका राष्ट्रपति थिन सेन, प्रजातान्त्रवादी नेतृ आङसाङ सुकी लगायतसँग भेटेका थिए । सम्मेलनबाट नेपाल बिमस्मेटको अध्यक्ष राष्ट्र बनेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us