काठमाण्डुमा बढ्यो तिब्बती शरणार्थी गतिविधि

काठमाण्डु टुडे २०७० फागुन १९ गते ८:४० मा प्रकाशित

tibbatiकाठमाण्डु, १९ फागुन– सुशील कोइराला नेतृत्वमा नयाँ सरकार गठन भएसँगै काठमाण्डु उपत्यकामा तिब्बती शरणार्थीको गतिविधि बढेको छ  ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईसँगको भेटमा कोइरालाले एक चीन नीतिप्रति प्रतिबद्धता रहेको बताउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएका थिए ।

तर पछिल्लो केही सातायता राजधानीमा तिब्बती शरणार्थीको चहलपहल ह्वात्तै बढेको छ । तिब्बती शरणार्थीले मंगलबार राजधानीको बौद्ध क्षेत्रमा कार्यक्रम गर्दैछन् ।

रहेक वर्ष मार्च १० तारिखका दिन तिब्बतीहरुले मुक्ति दिवस मनाउने गरेका छन् । गत वर्षहरुमा सामान्य रुपले मनाउने गरिएको मुक्ति दिवस यो वर्ष भने तामझामका साथ मनाउन लागिएको छ ।

दिवस मनाउन भारतको धर्मशालाबाट सयौंको संस्ख्यामा तिब्बतीहरु नेपाल पसेका छन् । स्रोतका अनुसार यसपटक पनि तिब्बतीले
आत्मदाहको तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us