आज के के गर्दै छन् प्रधानमन्त्री कोइराला !

काठमाण्डु टुडे २०७० फागुन १९ गते ०:५७ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १९ फागुन –प्रधानमन्त्री सुशील कोइराला बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा सोमबार बैंककबाट म्यानमार पुगेका छन् ।
प्रधानमन्त्री कोइराला सहितको नेपाली प्रतिनिधि मण्डललाई विमानस्थलमा म्यानमारका लागि नेपाली राजदूत पारस घिमिरे र याङ्गून क्षेत्रका मुख्यमन्त्रीले स्वागत गर्ने भएका छन् ।
याङ्गून अन्तराष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री कोइराला सहितको नेपाली प्रतिनिधिमण्डल विशेष विमानद्वारा ने,पी,ताओ शहर जाने कार्यक्रम छ । ने पी ताओमा बिमस्टेकको शिखर सम्मेलन भैरहेको छ ।

ने पी ताओ विमानस्थलमा कोइरालालाई म्यानमारका संघीय श्रम मन्त्रीले स्वागत गर्नेछन् । शान्त दिवाभोजपछि आजै प्रधानमन्त्री कोइरालाले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै प्रधानमन्त्री कोइरालाले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
कोइरालाले विमस्टेक बैठकमा सहभागी हुने अन्य मुलकका प्रतिनिधि मण्डलका नेतासंग पनि भेटघाट गर्ने कार्यक्रम छ । बिमस्टेकमा बंगलादेश, भुटान,भारत, म्यानमार,नेपाल,श्रीलंका र थाइल्याण्ड सदस्य रहेका छन ।
कोइराला साँझ संघीय गणतन्त्र म्यान्मारका राष्ट्रपति थेएन सेएनले आयोजना गर्नुहुने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us