एमाले केन्द्रीय कमिटिको बैठक बस्दै

काठमाण्डु टुडे २०७० फागुन १९ गते २:०६ मा प्रकाशित

uml officeकाठमाण्डु, १९ फागुन – नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्दै छ ।

नवौ महाधिवेशनका विषयमा तयारी थालेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने भएका छन ।

दिउँसो १२ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा महाधिवेशनको तयारीका विषयमा छलफल हुने नेता ठाकुर गैरेले  बताए   । आइतवारको बैठकमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताले जेठमा नवौं महाधिवेशन गर्न नसकिने बताएका थिए ।

उपाध्यक्ष बामदेव गौतम र नेता केपी ओली पक्षधर नेताले निर्धारित मितिमै गर्नुपर्ने बताएका छन । महाधिवेशनको मितिमै दुवै पक्षबीच विवाद बढेको छ । नेता ओली र गौतम पक्षधरले जेठ तीन गते काठमाण्डूमा गर्ने प्रस्ताव गरेका छन भने अध्यक्ष खनाल वरिष्ठ नेता नेपाल पक्षधर महाधिवेशन आउँदो मंसिरसम्म सार्नुपर्ने पक्षमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us