संविधान बनाउन जनदबाब आवश्यक : महामन्त्री सिंह

काठमाण्डु टुडे २०७० फागुन १९ गते ८:४९ मा प्रकाशित

Mohan-Bikram-Singhकञ्चनपुर, १९ फागुन – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले तोकिएको समयमा संविधान जारी गर्न जनदबाब सिर्जना गर्नुपर्ने बताए छन् ।

प्रगतिशील पत्रकार सङ्घ कञ्चनपुरले सुडामा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले दलहरु सत्ताको खेलमा लागिरहेकाले जनताले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न जनदबाब दिनुपर्ने बताए ।

एमाओवादी, मधेसीवादी र राजावादीहरुले संविधान निर्माणमा अनेकन बाधा सिर्जना गरेको बताउँदै सिंहले उनीहरुलाई लोकतान्त्रिक संविधान निर्माणमा सहयोग गर्न आग्रह गरे ।

एमाले–काँग्रेस गठनबन्धनको सरकारले संविधान निर्माण गर्न सक्छ या सक्दैन भन्ने प्रश्नहरु बाहिर आइरहेका बेला मसालले लोकतान्त्रिक संविधान निर्माणका लागि कोइराला सरकारलाई समर्थन गरेको महामन्त्री सिंहले बताए । सङ्घीयताको पक्षमा स्पष्ट बहुमत नआएका कारण सङ्घीयताबारे जनमत सङ्ग्रह गर्नुपर्ने उनको माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us