किन गए प्रहरी प्रमुख भारत ?

काठमाण्डु टुडे २०७० फागुन १८ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आइतबार भारत भ्रमणमा गएका छन् ।
igp_upendra_k_aryalप्रहरी महानिरीक्षक बनेपछि  भएको अर्यालको यो पहिलो विदेश भ्रमण हो । मोतीलाल बोहरापछि भारतको औपचारिक निमन्त्रणा पाउने अर्याल पहिलो महानिरीक्षक हुन् ।

अर्यालको भ्रमण टोलीमा अपराध अनुसन्धान विभाग प्रमुख नायव महानिरीक्षक सुरेन्द्रबहादुर साह, तालिम निर्देशनालय प्रमुख गणेशराज राई, विशेष ब्युरोका निमित्त प्रमुख देवेन्द्र सुवेदी लगायत ६ जना छन् ।

प्रहरी मुख्यालय श्रोतका अनुसार भ्रमणका क्रममा अर्यालले नेपाल प्रहरीको सुदृढीकरणका लागि आवश्यक आर्थिक भौतिक र प्राविधिक सहयोग माग्ने छन् ।
नेपाल–भारत सीमापार अपराध तथा आतंकवादसम्बन्धी सूचना आदान–प्रदान लगायत विषयमा समेत छलफल हुने बताइएको छ ।

यस्तै नेपालले कुख्यात भारतीय अपराधी पक्राउ गरेर बुझाए पनि भारतले त्यसो नगरेको विषयमा नेपाली टोलीले ध्यानाकर्षण गराउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us