समाचार

एमाले नेतृ साहना अस्पताल भर्ना

२०७१ जेठ २३ गते १०:३३

काठमाण्डु, २३ जेठ – एमालेकी नेतृ साहना प्रधान फोक्सोको सङ्क्रमण तथा मस्तिष्काघातका कारण अस्वस्थ भएर उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा शुक्रबार भर्ना भएकी छिन् । पार्टी अध्यक्ष झलनाथ खनालले अस्पताल पुगी उनको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिँदै चिकित्सकलाई उपचारमा सम्भव सबै उपाय अवलम्बन गर्न...

मदिराले मातेकी काँग्रेस नक्कली केन्द्रिय सदस्यले ठगिन् अर्को पार्टीकी नेता

२०७१ जेठ २३ गते १०:१५

काठमाण्डु, २३ जेठ – आफुलाई कांग्रेसको केन्द्रीय सदस्य बताउने मोरङकी गीता वलीले काठमाडौं कपन १ फौका टोल निवासी आशा माया श्रेष्ठको १५ हजार रुपैया र गर–गहना लुटेर फरार भएकी छन् । मोरङ निवासी वलीले घुम्न जाँउ भनेर दोलखा चरिकोटको फ्लोरा पार्क होटलमा पु¥याई रातको...

भारत निकासी गर्न राखिएको गाँजा बरामद

२०७१ जेठ २३ गते ८:५२

महोत्तरी, २३ जेठ – महोत्तरीको भटौलिया गाविसको अजमरपट्टीबाट बिहीबार प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक इकवाल हवाडीको नेतृत्वको टोलीले भटौलिया–९ स्थित अजमरपट्टी बस्ने विपत्ति मण्डलका घरमा छापा मारी छ पोकामा राखिएको ५५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको...

लोकतन्त्र संस्थागत गर्न स्थानिय निर्वाचन आवश्यक : प्रमुख आयुक्त उप्रेती

२०७१ जेठ २३ गते ८:४३

कञ्चनपुर, २३ जेठ – प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रकोे सार्थक अभ्यासका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । निर्वाचन आयोगद्वारा शुक्रबार महेन्द्रनगरमा निर्वाचन कानुन तथा निर्वाचन विवाद निरुपणसम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले भने, “लोकतन्त्र संस्थागत गर्न र जनतालाई लोकतन्त्रको अनुभूति दिन...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७१ जेठ २३ गते ८:२५

काठमाण्डु, २३ जेठ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी मुद्दाका फरार प्रतिवादी प्रमोद न्यौपानेलाई भक्तपुरबाट बिहीबार पक्राउ गरेको छ । कराते खेलाडी भनी झुटा विवरण राखी प्रवेशाज्ञाका लागि पत्राचार गर्ने र आकर्षक रोजगारीका लागि वैदेशिक मुलुकमा पठाइदिने भनी प्रलोभन देखाई सर्वसाधारणबाट रकम सङ्कलन गरेर...

विधानको पूर्ण जानकारी नभएकाद्धारा मेरो उम्मेदवारीको विरोध : नेता नेपाल

२०७१ जेठ २३ गते ७:५०

विराटनगर, २३ जेठ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी अधिवेशनमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी पार्टीको विधानविपरीत नभएको स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले पार्टीको विधानको पूर्ण जानकारी नभएकाहरुले आफ्नो उम्मेदवारीमाथि विभिन्न आरोप लगाउने गरेको धारणा व्यक्त गरे...

अस्पताललाई जलविद्युत् आयोजनाको सहयोग

२०७१ जेठ २३ गते ६:३८

नुवाकोट , २३ जेठ – जिल्लाको एकमात्र सरकारी त्रिशूली अस्पताललाई माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले विभिन्न सामग्री प्रदान गरेको छ । अस्पतालको आवश्यकतालाई ध्यानमा राखी आयोजनाले रु छ लाख मूल्य बराबरको ब्लड एनालाइजर र इन्भर्टर मेसिन हस्तान्तरण गरेको त्रिशूली अस्पताल उपभोक्ता सरोकार समितिका...

शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्न चीन तयार

२०७१ जेठ २३ गते ६:०२

चीन, २३ जेठ – चीनको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला र चिनियाँ उपप्रधानमन्त्री वाङ याङवीच भेटवार्ता भएको छ । कुनमिनको होटल गार्डेनमा शुक्रवार विहान करिब ४५ मिनेट भएको भेटवार्तामा नेपाल र चीनवीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग, नेपालमा हुन लागेको अठारौ...

धादिङमा फेरि ट्रक दुर्घटना, दुईको शव भेटियो

२०७१ जेठ २३ गते २:५७

धादिङ, २३ जेठ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगीमारा–१ हुदी खोलामा कन्टेनर बोकेको ट्रक दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ । धादिङ प्रहरीका अनुसार घट्नास्थलमा कन्टेनरले किचिएको दुई जनाको शव देखिएको हो । मृतकको संख्या बढ्न सक्ने...

बलेरोको ठक्करबाट एकको मृत्यु, चार घाइते

२०७१ जेठ २३ गते १:५८

अर्घाखाँची, २३ जेठ– अर्घाखाँचीमा निजी बलेरो जिपले सडकमा हिंडिरहेका सर्वसाधारणलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अरु चारजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चुत्राबेसी–७ की ३५ वर्षीया शिवकला खत्री रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते खत्रीको जिल्ला अपस्तालमा उपचारका क्रममा...

बाघको आक्रमणबाट बालकको मृत्यु

२०७१ जेठ २३ गते १:४३

काठमाण्डु, २३ जेठ – सन्धिखर्क नगरपालिका २ कुरमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएकाे छ । बिहीबार बेलुका आफ्नै घरमा बाघको आक्रमणमा परेका ७ वर्षका सुरेश भुसाल १ किलोमिटर तल जंगलमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । जंगलमा बाघले खाएको अबस्थामा बालकको खप्पर,...

अख्तियार मुद्दा हाल्दै, विशेष अदालत छाड्दै

२०७१ जेठ २३ गते १:३५

काठमाण्डु, २३ जेठ – विशेष अदालतले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठसहितका पदाधिकारीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २८ लाख ७० हजार सात सय ३९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो । अध्यक्ष न्यायाधीश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us