ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी मुद्दाका फरार प्रतिवादी प्रमोद न्यौपानेलाई भक्तपुरबाट बिहीबार पक्राउ गरेको छ ।

कराते खेलाडी भनी झुटा विवरण राखी प्रवेशाज्ञाका लागि पत्राचार गर्ने र आकर्षक रोजगारीका लागि वैदेशिक मुलुकमा पठाइदिने भनी प्रलोभन देखाई सर्वसाधारणबाट रकम सङ्कलन गरेर ठगी गर्ने भक्तपुर दुवाकोटका ४७ वर्षीय न्यौपानेलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको हो ।

जिल्ला अदालतले गत वैशाख १७ गते प्रतिवादी न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्सँग सम्बन्धित झुटा विवरणका कागज तयार गरेको कसुरमा रु पाँच हजार जरिवाना र छ महिना कैद हुने गरी फैसला गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us