अख्तियार मुद्दा हाल्दै, विशेष अदालत छाड्दै

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १:३५ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – विशेष अदालतले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठसहितका पदाधिकारीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २८ लाख ७० हजार सात सय ३९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले प्राप्त प्रमाणबाट माग दाबी गरिएअनुसार कसुर नदेखिएको भन्दै तारेखमा रिहा गर्न आदेश दिएको नयाँ पत्रिकामा खबर छ । मुद्दामा सातजना विपक्ष भए पनि कानुन संकायका डिन शम्भुप्रसाद कोइरालालाई भने अख्तियारले हाजिर गराएको छैन् ।

‘हाजिर भएका ६ जना प्रतिवादीलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको छ,’ विशेष अदालतका रजिस्ट्रार नातिबाबु लामिछानेले भने, ‘कलेज सम्बन्धन दिने-नदिने निर्णय हुन बाँकी रहेकोर आवेदनसाथ रकम बुझाउनुपर्ने सूचनामा समेत व्यवस्था नभएकाले तत्काल प्राप्त प्रमाणदाबी अनुसारको कसुर नदेखिँदा तारेमा छोडिएको हो ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us