धादिङमा फेरि ट्रक दुर्घटना, दुईको शव भेटियो

काठमाण्डु टुडे २०७१ जेठ २३ गते २:५७ मा प्रकाशित

धादिङ, २३ जेठ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको जोगीमारा–१ हुदी खोलामा कन्टेनर बोकेको ट्रक दुर्घटना भएको छ ।
आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

धादिङ प्रहरीका अनुसार घट्नास्थलमा कन्टेनरले किचिएको दुई जनाको शव देखिएको हो । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकको सनाखत भएको छैन ।
काठमाण्डुबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख १७४१ नम्बरको ट्रक पुलको बार भाँचेर खोलामा खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us